logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बालबिवाहमुक्त वडा घोषणा गर्न सचेतना जगाइँदै


  • उज्यालो अभियान

तस्बिर : बुद्धबहादुर विश्वकर्मा (दीपक)

सागरनाथ, ०६ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका ४ लाई बालविवाहमुक्त वडा घोषणका लागि आज सचेतनामूलक र्याली निकालिएको छ ।

‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारासहित सागरनाथ गाउँ परिक्रमा गर्दै र्याली निकालिएको हो । नगरपालिका, वडा कार्यालय, ग्रामीण नारी उत्थान संघ, शिर्जनशील महिला क्लब, टोल विकास संस्थालगायतको सक्रियतामा वडालाई बालबिवाहमुक्त घोषणा गराउन पहल भइरहेको वडाध्यक्ष प्रेमकुमार थिङ तामाङले उज्यालो अभियानसँग बताए । उनका अनुसार आज नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यत्तित्व, शिक्षक, विद्यार्थी, गाउँले लगायतको उपस्थितिमा सचेतनामूलक र्याली निकालिएको हो ।

निरन्तर यसैगरी सचेतनामूलक कार्यक्रम गरेर २० वर्ष पुगेपछि मात्रै बिवाह गर्ने परिपाटी सिर्जना गरी वडालाई बालबिवाहमुक्त वडा घोषणा गर्ने तयारी रहेको वडा सदस्य विष्णुबहादुर कार्कीले बताए । सचेतनामूलक र्यालीमा सिन्धुली कलाघरका कलाकारले पञ्चेबाजासहितको प्रस्तुति दिएका थिए ।

ग्रामीण नारी उत्थान संघले ईश्वरपुर नगरपालिकाका अन्य वडामा यसैगरी सचेतनामूलक कार्यक्रम गरेर कम उमेरमा हुने विवाह रोक्ने प्रयास गरिरहेको जनाएको छ ।