logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्कुल बस पल्टिँदा ५ विद्यार्थी र चालक घाइते


  • उज्यालो अभियान

बयलवास, ०२ भदौ – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा आज बिहान विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थी र चालक घाइते भएका छन् ।

गाउँबाट विद्यार्थी उठाएर विद्यालयतर्फ लिएर आउँदै गरेको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको माउन्ट कन्चनजंघा बोडिङ स्कुलको ना ५ ख ७३७३ नम्वरको बस अनियन्त्रित भएर धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनायो । दुर्घटनामा बस चालक ३२ वर्षीय रामकरण महतो, विद्यार्थीहरु सात वर्षीया सृष्टी साह, १० वर्षीय सोनुकुमार महतो, सात वर्षीया सनीकुमार महतो, नौ वर्षीया सोनमकुमारी महतो र १३ वर्षीया उषा महतो घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको जारी रहेको छ ।