logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रहरीको बाक्लो उपस्थितिमा कृष्णाष्टमीको मुर्ति सेलाउने काम हुँदै


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०२ भदौ – सर्लाही सदरमुकाम मलंगवामा प्रहरीको बाक्लो उपस्थितिमा श्रीकृष्ण जन्माष्टमीको मुर्ति विर्सजन गर्ने कार्य भइरहेको छ ।

दिउँसोदेखि नै डिजे बाजासहित उल्लेख्य संख्यामा स्थानीय उपस्थित भएर मुर्तिलाई नगर परिक्रमा गराइरहेका छन् । त्यसक्रममा झडप हुन नदिन बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको हो ।

अघिल्ला वर्षहरुमा विवाद तथा झडप हुने गरेकाले जिल्ला सुरक्षा समितिले यो पटक सुरक्षा व्यवस्था कडा पारेको हो । विभिन्न ठाउँमा गरिएका श्रीकृष्ण जन्माष्टमी पूजाको मुर्ति नजिकैको जलाशयमा लगेर विर्सजन अर्थात् सेलाउने काम गरिन्छ ।

मलंगवामा अहिले साँझसम्म नै मुर्ति विर्सजनको काम भइरहेको हो । अन्य ठाउँमा शान्तपूर्वक नै मुर्ति विर्सजन गर्ने काम सम्पन्न भइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।