logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा बिहानैदेखि दर्के झरी


  • उज्यालो अभियान

बागमती, २७ साउन – सर्लाहीमा आज बिहानबाट पानी परिरहेको छ ।

पूर्व पश्चिम राजमार्ग क्षेत्रको बागमती, हरिवन, लालबन्दीलगायत भेगमा ठूलो पानी परिरहेको स्थानीयले जानकारी दिएका छन् । जिल्लाको अन्य भेगमा पनि वर्षा भइरहेको छ ।

चुरे शीरतिर समेत ठूलो पानी परिरहेकाले खोला तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्लामा एक साताको अवधिमा खोलाले बगाएर बरहथवामा एक वृद्ध र बलरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भइसकेको छ ।

यसैबिच, आज देशका पहाडी भू–भागका धेरै ठाउँ र मधेस प्रदेशलगायत अरु प्रदेशका तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भागको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही ठाउँ, गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ ।

गएराति र बिहानपख केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।