logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा सिमसिमे वर्षा जारी


  • उज्यालो अभियान

मलंगवा, २६ साउन – सर्लाहीमा आज पनि सिमसिमे वर्षा भइरहेको छ ।

बिहानपख जिल्ला सदरमुकाम मलंगवासहित आसपासका क्षेत्रमा केहीबेर मुषलधारे पानी परेको स्थानीयले बताएका छन् । अन्य भेगमा सिमसिम पानी पर्ने र रोकिनेक्रम जारी रहेको छ ।

सर्लाहीमा एक सातादेखि मौसम यस्तै भइरहेको छ । मौसममा आएको बदलीपछि गर्मी उल्लेख्यरुपमा घट्दा नागरिकले राहत महशुस गरिरहेका छन् । पानी परिरहँदा धान, उखुलगायतका बाली राम्रोसँग हुर्किरहेका छन् ।

यसैबिच, गएराति देशका पहाडी तथा तराईका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेश प्रदेशको सर्लाहीमा सबैभन्दा बढी वर्षा भएको छ ।

यसैगरी बारामा पनि ठूलो पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्की, सिन्धुपाल्चोक, लमजुङ, रौतहट, वर्दिया, भोजपुरमा पनि मध्यम वर्षा भएको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।