logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्वास्थ्य चौकी किसनपुरको नवनिर्मित भवन उद्घाटन


  • उज्यालो अभियान

किसनपुर, २५ साउन – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा स्वास्थ्य चौकी किसनपुरको नवनिर्मित भवन हिजो उद्घाटन गरिएको छ ।

भर्खरै सकिएको आर्थिक वर्ष २०८१/८२ मा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनको मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, गाउँपालिका अध्यक्ष राजकुमार महतोलगायतले उद्घाटन गरेका हुन् । साँघुरो र जिर्ण भवन रहेको स्वास्थ्य चौकीको नयाँ भवन तयार भएर संचालनमा आएसँगै सेवा प्रवाहमा सजहता भएको वडाध्यक्ष रामइश्वर महतोले बताए ।

यसैबिच सदरमुकाम मलंगवामा आज घरेलु तथा साना उद्योग कार्यालयको नवनिर्मित भवन उद्घाटन हुँदै छ । भाडाको घरबाट संचालन भइरहेको कार्यालयको मलंगवा नगरपालिका २ मा निर्माण भएको भवनको मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहले उद्घाटन गर्न लागेका हुन् ।