logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बलरामा आज शोक बिदा


  • उज्यालो अभियान

दिवंगत चन्दा देवी ।

बलरा, २५ साउन – सर्लाहीको बलरा नगरपालिकाले आज एक दिनका लागि नगरभित्र शोक बिदा दिएको छ ।

बलरा नगरपालिका ११ छतौनाकी दलित वडा सदस्य चन्दा देवीको निधनमा दुःख व्यक्त गर्दै नगरपालिकाभित्र बिदा दिइएको हो । ५५ वर्षीया चन्दा देवीको शुक्रबार गाउँमै मोटरसाइकलको ठक्करबाट निधन भएको थियो ।

बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशावाहाले सूचना जारी गर्दै आज एक दिन नगरपालिका, वडा कार्यालयसहित मातहतका सम्पूर्ण कार्यालय बन्द रहने जानकारी दिएका छन् ।