logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा राति भारी वर्षा, आज पनि मौसम बदली


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, २३ साउन – गएराति भारी वर्षा भएको सर्लाहीमा आज पनि मौसम बदली भइरहेको छ ।

यहाँ राति अधिकांश भू–भागमा भारी वर्षा भएको थियो । यो पटक सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा पनि पानी परेको स्थानीयले जानकारी दिएका छन् ।

जिल्लाको चुरेभेगमा त बारम्बार प्रशस्त पानी परिरहेकै छ । साउन १७ पछि भने वर्षाले साथ दिँदा जिल्लामा धान रोपाइँको प्रतिसत उल्लेख्य रुपमा बढेको छ ।

एक सातादेखि यहाँ टन्टलापुर घाम लागेको छैन् । एकैछिन घाम लाग्ने र मौसम धाम्मधुम्म हुने भइरहेको छ । मौसम बद्ली भएर शित्तलता महशुस हुँदा स्थानीयले राहत महसुस गरिरहेका छन् ।

अहिले परिरहेको पानीले सबैजसो भेगमा धान रोपाइँ सकिने अवस्था बनेको कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीले जनाएको छ । पानी पर्ने र मौसम बदली हुने भइरहँदा जिल्लामा विद्युत भने असाध्य अनियमित भइरहेको छ ।

विशेष गरी मलंगवा र गडहीया सवस्टेशनको क्षेत्रमा बढी समस्या देखिएको स्थानीयले गुनासो गरेका छन् । आकाशे वर्षा भएपछि विद्युतमा लोड पनि कम भएको प्राविधिकले बताएका छन् ।