फाइल तस्बीर ।
हरिवन, २३ साउन – आज साँझपख सर्लाहको विभिन्न भेगमा भारी वर्षा भएको छ ।
पूर्व पश्चिम राजमार्ग क्षेत्रको लालबन्दी, हरिवनसहित दक्षिणी भेगको हरिपूर्वालगायत भेगमा भीषण वर्षा भएको हो । ठूलो पानी परेर लच्कामा बाढी आउँदा हरिवनमा पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित बनेको छ । त्यसै पनि आज पूर्व पश्चिम राजमार्गमा बोलबम यात्रीको अत्यधिक चाप रहेको छ ।
प्रायः वर्षा भइरहेको चुरेभेगमा भने आज साँझ पानी नपरेको स्थानीयले बताएका छन् ।