logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

‘ठेक्का लगाउनुपर्ने काम उपभोक्ता समितिबाट नगराइयोस्‌’


  • उज्यालो अभियान

मलंगवा, २३ साउन – जिल्ला समन्वय समिति महासंघ नेपाल मधेश प्रदेशले प्रतिस्पर्धा मार्फत ठेक्का लगाई कार्य सम्पन्न गर्नुपर्ने आयोजनाहरु टुक्रा गरी नियतवश प्रतिस्पर्धा बेगर उपभोक्ता समितिबाट हुने गरेकोप्रति आपत्ति जनाएको छ ।

महासंघले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्ता विकृति कार्य रोक्नुपर्ने माग गरेको हो । महासंघले जटिल प्रकृतिको प्राविधिक ज्ञान र विशेष प्रविधि अपनाउनुपर्ने काममा समेत उपभोक्ता समिति खडा गरेर काम हुने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

हिजो र आज महोत्तरीको बर्दिवासमा सम्पन्न आठ वटै जिल्ला समन्वय समितिका सभापतिहरुको बैठकले कानूनले तोकेको जिम्मेवारी र जवाफदेहिता पालना नगरी राज्यको सम्पत्तिको हानीनोक्सानी लगायतका विषयमा सूचना प्राप्त भएमा वा अनुगमन गर्दा कैफियत देखिएमा सम्वन्धित निकाय वा पदाधिकारी जवाफदेही हुने व्यवस्था रहेकाले यस्ता कार्य नगर्न नगराउन अनुरोध गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले बताए ।