पत्थरकोट, २१ साउन – सर्लाहीको उत्तरी भेग र लालबन्दी बजार आसपास आज साँझपख एक झर वर्षा भएको छ ।
चुरेभेगको कतिपय ठाउँमा ठूलै पानी परेको स्थानीयले जनाएका छन् । तर दक्षिणी भेगमा मोसम धुम्मिए पनि पानी पर्न सकेन ।
यो वर्ष सर्लाहीको चुरेभेगमा शनिबार, आइतबार र सोमबार तीन रात ठूलो पानी परेपनि दक्षिणी भेगमा सामान्य मात्रै वर्षा भएको पाइएको छ ।