logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

समाचार प्रमुख खत्रीलाई ‘सगुन रजत पत्रकारिता सम्मान’


  • उज्यालो अभियान

हरिवन, १९ साउन – उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्री ‘सगुन रजत पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन् ।

हरिवन नगरपालिका–११, स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले संस्थाको २६ औँ स्थापना दिवसको अवसरमा आज उज्यालोकर्मी खत्रीलाई सगुन रजत पत्रकारिता सम्मान प्रदान गरेको हो । खत्रीलाई सम्मान–पत्रसहित नगद ७ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको हो ।

संस्थाले गरेको सामाजिक कार्य तथा विभिन्न गतिविधिलाई सदस्य र समुदायमा सम्प्रेषण गरी सहकारी संस्था र समग्र सहकारी अभियानको उनन्नयनमा अतुलनिय योगदान गरेकोे भन्दै खत्रीलाई सम्मान गरिएको हो । संचारकर्मी खत्री गोरखापत्र राष्ट्रिय दैनिकका सर्लाही समाचारदाता र सामुदायिक रेडियो एकताका समाचार संयोजक पनि हुन् ।

खत्रीलाई सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, सगुनका अध्यक्ष केशवप्रसाद ढकाल, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्य, सगुनका वर्तमान तथा पूर्व पदाधिकारीलगायत भएर सम्मान गरेका हुन् ।