लालबन्दी, १४ साउन – सर्लाहीको लालबन्दीमा आजदेखि जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्वन्धी २ दिने प्रशिक्षण सुरु भएको छ ।
स्थानीय समाज विकास केन्द्र हरिपुर १ हजारबिघाको सहजीकरण तथा हेल्पिङ ह्याण्डको सहयोगमा प्रशिक्षण सुरु भएको हो । भोलीसम्म संचालन हुने प्रशिक्षणमा लालबन्दी, हरिपुर, ईश्वरपुर, पर्सा, कौडेना, मलंगवालगायत पालिकाबाट जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, सामाजिक अगुवालगायत २५ जना सहभागी भएका स्थानीय समाज विकास केन्द्रका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।
प्रशिक्षणको आज बिहान संस्थाकी अध्यक्ष बिमला अन्सारीको अध्यक्षता, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको विशिष्ठ आतिथ्यता र हेल्पिङ ह्याण्डका प्रवन्धक जीव पोखरेलको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको हो ।
प्रशिक्षणमा विपद जोखिम न्यूनिकरणका सम्वन्धमा नवीन पोखरेलले सहजीकरण गरिरहेका छन् ।