प्रतिकात्मक तस्बीर ।
बागमती, १४ साउन – सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत तालमा डुबेर आज एक महिलाको मृत्यु भएको छ ।
मृतकको नाम, ठेगाना खुल्न सकेको छैन् । तराई मुलको जस्तो देखिने मृतक महिला अन्दाजी २०/२१ वर्षको जस्तो देखिने इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले उज्यालो अभियानसँ गबताए ।
तालमा खस्नुअघि महिलाले ‘बचाऊ’ भनेर चिच्याएपछि ताल परिसरमा व्यवसाय गर्ने र घुम्न गएका मानिस घटनास्थल नजिकै पुगेका थिए तर उनीहरुले महिलालाई सकुशल बाहिर निकाल्न भने सकेनन् । तालको पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेका महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
उनले मृतकको परिचय खुलाउन सोधखोज भइरहेको जानकारी दिए । घाँटीमा मंगलसुत्र लगाएकी मृतक महिलाले टप्स र जिन्स पाइन्ट लगाएको प्रहरीले जनायो ।