logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पुष्पलाल स्मृति भवन उद्घाटन गर्न पूर्वप्रधानमन्त्री नेपाल शनिबार सर्लाही आउने


  • उज्यालो अभियान

लालबन्दी, १३ साउन – पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आगामी शनिबार सर्लाही आउने भएका छन् ।

लालबन्दी नगरपालिका १५ स्थित बोहोरे डाँडामा निर्माण गरिएको मधेश प्रदेश स्तरीय पुष्पलाल स्मृति भवनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री नेपाल सर्लाही आउन लागेका हुन् । बोहोरे डाँडामा व्यवस्थित किसिमले ठूलो सभाहलसहित पुष्पलाल स्मृति भवन निर्माण गरिएको नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए ।

लामाका अनुसार पूर्व प्रधानमन्त्री नेपालको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रमको तयारी तीव्ररुपमा भइरहेको छ ।

बोहोरेडाँडामा पूर्व प्रधानमन्त्री नेपालकै प्रमुख आतिथ्यतामा केही वर्षअघि पुष्पलालको शालिक अनावरण गरिएको थियो ।