logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

साउनको दोस्रो सोमबार, सर्लाहीका शिवालयमा दर्शनार्थीको भीड


  • उज्यालो अभियान

लालबन्दी, १२ साउन – आज साउन महिनाको दोस्रो सोमबार पनि सर्लाहीका शिवालयहरुमा दर्शनार्थीको भीडभाड छ ।

लालबन्दीको डुमडुमे, हरिवनको सुखेपोखरी र कैलाशपुरी, इश्वरपुरको सागरनाथ, मुर्तियाको मुक्तेश्वरसहित जिल्लाभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागिरहेको हो । लालबन्दीस्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे परिसरमा बिहान ४ बजेपछि नै निरन्तर दर्शनार्थी तथा व्रतालुको लाइन लागिरहेको देखिन्छ ।

यस्तै सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जल उठाउन पुग्ने नेपाली तथा भारतीय तीर्थालुको भीडभाड पनि बढ्न थालेको छ ।

बागमतीमा अब भीडभाड अझ बढ्ने आंकलन गरिएको छ । नवलपुर–मलंगवा, नयाँरोड–मधुवनी र पूर्व पश्चिम राजमार्गमा बोलबमका यात्रीको आउजाउ बाक्लिन थालेको छ ।