logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चिकित्सकमाथि कुटपिट, प्रादेशिक अस्पतालको सेवा ठप्प


  • उज्यालो अभियान

अस्पतालमा चिकित्सकमाथि कुटपीट हुँदाको दृश्य ।

मलंगवा, ०७ साउन – सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि ओपिडी बाहेकका सेवा बन्द गरिएको छ ।

चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर हिजो मंगलबारदेखि नै अस्पतालमा ओपिडी सेवा बन्द गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. सन्जिव सिंहले दोषीमाथि कानूनी कारवाहीको माग गर्दै अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको उज्यालो अभियानसँग बताए ।

अस्पतालमा हड्डी भाँचिएर उपचारमा लागि आएका मलंगवाकै एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर अस्ती सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजंग साहमाथि हातपात गरेका थिए । डा. साहमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले २ दिनदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् ।

नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ती जारी गरी चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ । मलंगवा अस्पतालको ओपिडी सेवा ठप्प हुँदा अस्पतालमा उपचारका लागि आएका बिरामी मारमा परेका छन् ।