logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग


  • उज्यालो अभियान

लालबन्दी, ०५ साउन – सर्लाहीको लालबन्दीका एक युवकले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग प्रदान गरेका छन् ।

लालबन्दी नगरपालिका ७ निवासी भुवनध्वज थापाले लालबन्दी ३ जब्दी भैरवपुरस्थित मनपुरण जनता माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई आज विद्यालय झोला प्रदान गरेका हुन् । थापाले यही विद्यालयमा अध्ययन गरेका थिए ।

हाल डेनमार्कमा रहेका उनले विद्यालय सुधारका लागि तत्कालै एक लाख रुपैयाँ उपलब्ध गराउने र यस वर्षदेखि एसइईमा विद्यालयबाट पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमश : १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । जब्दीको मावि र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने थापा जनज्योति भूतपूर्व विद्यार्थी समाजको आजिवन सदस्य हुन् ।

थापाले आफ्ना दिवंगत बुवा धर्मध्वज थापा र आमा मनमाया थापाको सम्झनामा यि सबै सहयोग प्रदान गरेका हुन् ।

विद्यार्थीलाई ब्याग हस्तान्तरण एवं विद्यालयलाई सहयोग घोषणा कार्यक्रममा लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, जनज्योति भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष रमा पौडेल, समाजकै पूर्व अध्यक्ष कृष्ण भण्डारी, पूर्व कोषाध्यक्ष रोशन बोहोरा, लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।