logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेपाल मानव धर्म सेवा समितिद्वारा सरसफाई


  • उज्यालो अभियान

हरिवन, ०२ साउन – सर्लाहीको हरिवनमा आज नेपाल मानव धर्म सेवा समितिको अगुवाईमा सरसफाई गरिएको छ ।

हरिवन ११ मा रहेको उक्त समितिले हरिवन चोकस्थित पूर्व पश्चिम राजमार्ग क्षेत्र र तरकारी बजार आसपासमा सरसफाई गरेको हो ।

नेपाल मानव धर्म सेवा समितिका पदाधिकारी, समितिकै युवा, बालबालिका र स्वयंसेवक समितिका सदस्य, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मीलगायतको उपस्थितिमा सरसफाई कार्यक्रम गरिएको समितिकी कोषाध्यक्ष शोभा ढुंगानाले जानकारी दिईन् ।

विभिन्न समयमा सामाजिक सेवाको काम गर्दै आइरहेको मानव धर्म सेवा समितिले यो पटक हरिवन बजार क्षेत्रमा सरसफाईको काम गरेको हो ।