हरिवन, ०२ साउन – अखिल नेपाल किसान महासङ्घ सर्लाहीले मधेश प्रदेशका खडेरी पीडित किसानलाई राहत, क्षतिपूर्ति र अनुदानको व्यवस्था गर्न माग गरेको छ ।
सत्तारुढ नेकपा एमाले निकट महासङ्घको सर्लाही जिल्ला कमिटीले आज दिउँसो पूर्वपश्चिम राजमार्गस्थित हरिवनमा प्रदर्शन गर्दै खडेरी पीडित किसानलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो । केही दिनअघि प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मधेशको खडेरी र त्यसबाट किसानले भोग्नुपरेको समस्याका सम्वन्धमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित ¥याली र कोण सभा गरिएको महासङ्घका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।
बेलैमा पानी नपर्दा किसान अत्यन्त मारमा परेकाले तत्काल पुनस्र्थापना हुने खालका योजना ल्याउन माग गरिएको उप्रेतीको भनाइ छ । हरिवन बजार क्षेत्रको पूर्वपश्चिम राजमार्गमा निकालिएको ¥यालीपश्चात सगुन सहकारी अगाडि आयोजित कोण सभालाई महासङ्घका केन्द्रीय उपाध्यक्ष उप्रेती, पूर्व मधेश प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती र महासङ्घका जिल्ला अध्यक्ष रवि कडरियाले सम्वोधन गरेका छन् ।
उनीहरुले मधेश प्रदेश खडेरीको चपेटाबाट गुज्रिरहेको अवस्थामा स्थानीय, प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।