logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

व्यावसायिक कुखुरापालन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, ३२ असार – सर्लाहीको लालबन्दीमा कुखुरापालक व्यवसायी किसानलाई लक्षित गर्दै १ दिने व्यवसायिक कुखुरापालन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

प्रगति ग्रुप अफ कम्पनी, लालबन्दीको आयोजना तथा न्यूहोप एग्रो नेपाल प्रा. लि. को सहजीकरणमा सम्पन्न तालिममा कुखुरा पालन सम्बन्धी आधारभूत ज्ञान, प्रविधि, तथा व्यवस्थापनका विविध पक्षहरूबारे विस्तृत जानकारी दिइएको थियो।

प्रशिक्षणका क्रममा खोर व्यवस्थापन, दाना व्यवस्थापन, जैविक सुरक्षा, स्वास्थ्य व्यवस्थापन तथा बजारीकरण सम्बन्धी विषयवस्तु समेटिएको प्रगति ग्रुप अफ कम्पनीका प्रबन्धक कल्याणकुमार केसीले जानकारी दिए।

तालिममा सर्लाही जिल्लाका विभिन्न स्थानबाट ७५ जना कुखुरापालक व्यवसायिक किसान, फ्रेसहाउस सञ्चालक तथा दाना विक्रेताले सहभागिता जनाएका थिए।

उक्त तालिमको प्रशिक्षण डा. अरविन्दकुमार मण्डलले गरेका थिए । तालिमले किसानलाई व्यवसायिक रूपमा कुखुरा पालनलाई अझ प्रभावकारी बनाउन सघाउने अपेक्षा गरिएको छ।