logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

पोखरीमा डुबेर बालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा, ३० असार – सर्लाहीको कविलासी नगरपालिका–५, घरदौली टोलमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

देवनारायण पासवानका छोरा दुई वर्षीय सुरज पासवानको छिमेकीको पोखरीमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । खेल्नेक्रममा आफ्नै घरको आगनबाट बेपत्ता भएका सुरजलाई छिमेकी विन्देश्वर रायको पोखरीमा डुबेको अवस्थामा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए ।

मृतक बालकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनायो ।