logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सर्लाहीको उत्तरी भेगमा राति वर्षा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, २९ जेठ – सर्लाहीको उत्तरी भेगमा राति ठूलो पानी परेको छ ।

लालबन्दी, ईश्वरपुर, हरिवन र बागमतीको चुरेवर्ती क्षेत्र तथा पूर्वपश्चिम राजमार्ग क्षेत्रमा राति मुसलधारे वर्षा भएको हो । पानी परेपछि यस क्षेत्रका स्थानीयले शित्तलताको महशुस गरेका छन् ।

तर जिल्ला सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा भने पानी पर्न सकेन । मलंगवामा राति १२ बजेपछि केहीबेर पानी छिट्याए पनि ठूलो वर्षा हुन नसकेको स्थानीयले बताए ।

यस्तै जिल्लाको दक्षिण पूर्व र दक्षिणी पश्चिम भेगमा पनि पानी नपरेको हाम्रा संवाददाताले जनाएका छन् ।