हरिवन, २८ जेठ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज सर्लाहीको हरिवनमा नागरिक अभिनन्दन गरिँदै छ ।
हरिवनमा अगुवा, नागरिक समाजलगायत भएर उज्यालो नेपालका अभियन्ता घिसिङलाई नागरिक अभिनन्दन गर्न लागेका हुन् । आज मध्यान्ह हरिवन ११ स्थित सरस्वती पार्टी प्यालेसमा घिसिङलाई अभिनन्दन गर्न लागिएको स्थानीय तेजनारायण आले मगरले जानकारी दिए ।
सरकारले दुई महिनाअघि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । जुन निर्णयको जनस्तरबाट तथा राजनीतिक वृत्तमा समेत कडा विरोध भएको थियो ।