मलंगवा, ०८ जेठ – सर्लाही सदरमुकाम मलंगवामा आज दिउँसो भारतीय कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
मलगवा नगरपालिका–८, स्थित कुशुम पार्टी प्यालेस अगाडि सीमानाका गोरखकालीबाट मलंगवा बजारतर्फ आउँदै गरेको बीआर ०६ ए ई ९६६८ नम्वरको कारले ठक्कर दिँदा पैदलयात्री मलङ्गवा नगरपालिका–३, बस्ने ७० वर्षीया हसिना खातुनको मृत्यु भएको हो । खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।
दुर्घटनामा संलग्न कार र कार चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।