logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

हरिवनमा आज एमालेको नगर अधिवेशन, अध्यक्षमा ३ आकांक्षी


  • उज्यालो अभियान

हरिवन, ३० चैत – नेकपा एमाले हरिवन नगर कमिटीको तेस्रो नगर अधिवेशन आज सुरु हुँदै छ ।

हरिवन ११ बासाटोलमा रहेको सरस्वती पार्टी प्यालेसमा आज मध्यान्ह पार्टीका जिल्ला इन्चार्ज एवं सर्लाही क्षेत्र नं. ३ का संघीय सांसद हरिप्रसाद उप्रेतीले अधिवेशनको उद्घाटन गर्ने नगर कमिटी अध्यक्ष सीताराम पोखरेलले जानकारी दिए । नगर अधिवेशनका लागि हरिवनको ११ वटा वडाबाट २६८ जना प्रतिनिधि छानिएका छन् ।

नेतृत्व चयन गर्न मतदान भए तीनै २६८ जना प्रतिनिधिले मत खसाल्ने छन् । एमाले हरिवनको आगामी नेतृत्वका लागि अहिलेका अध्यक्ष सीताराम पोखरेलसहित रामप्रसाद घिमिरे र यज्ञविनोद ढुंगेलले आकांक्षा व्यक्त गरेका बताइएको छ ।

स्रोतका अनुसार पदाधिकारीमा सहमती जुट्ने अवस्था कम रहेकाले लालबन्दीकै झैँ मतदान हुने सम्भावना बढी देखिन्छ ।

आज बेलुकासम्म सहमतीको प्रयास हुने र सहमती जुट्न नसके भोली मतदान गरिने एमाले हरिवन नगर कमिटीले जनाएको छ ।