दिवंगत मोक्तान ।
लालबन्दी, १८ चैत – सर्लाहीको साबिक सासापुर गाउँ विकास समिति गाविस (हालको हरिवन नगरपालिका ३ र ४ नम्बर वडा) का पूर्व गाविस अध्यक्ष बमबहादुर मोक्तानको निधन भएको छ ।
मोक्तानको उपचारकाक्रममा आज दिउँसो निधन भएको हो । उनलाई मस्तिष्कघात भएपछि हिजो मात्रै उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लगिएको थियो ।
स्व. माेक्तान २०४९ र २०५४ मा गरी दुुई पटक साबिक सासापुर गाविसको अध्यक्ष भएका थिए ।