logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

माओवादीप्रति जनताको आशा र भरोसा बढ्यो : प्रचण्ड


  • उज्यालो अभियान

मलंगवा, २३ फागुन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेश जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार जागेको बताएका छन् ।

सर्लाहीको मलङ्गवामा शुक्रबार ‘हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ कार्यक्रममा बोल्दै झापादेखि सर्लाहीसम्म आइपुग्दा वुद्धिजिवी, किसान, मजदुर, मधेशी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महशुस गरेको बताएका हुन् । प्रचण्डले अहिलेको बेथितीको अन्त्यका लागि सबै तह र तप्काका जनता आन्दोलित हुनुपर्ने देखिएको उल्लेख गरे ।

उहाँले माओवादी केन्द्रले अभियान सुरु गरेपछि सम्पूर्ण राज्यकै ध्यान मधेशतिरै केन्द्रीत भएको उनको दावी छ । माओवादीले तराई–मधेश केन्द्रीत अभियान थालेपछि प्रधानमन्त्री र अन्य ठूला पार्टीका सबै नेता मधेश झरेका प्रचण्डको भनाई छ ।

यसैबिच, सर्लाही क्षेत्र नं. १ का पूर्व प्रतिनिधिसभा सदस्य प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । साहलाई आज दिउँसो सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित आभसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् ।