मलंगवा, २३ फागुन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु तराई मधेश जागरण अभियान लिएर सर्लाही सदरमुकाम मलंगवा आइपुगेका छन् ।
पर्सा, चन्द्रनगर, ब्रम्हपुरी क्षेत्रमा कार्यकर्तासँग भेटघाट गर्दै अघि बढेका प्रचण्डले मलंगवामा पार्टी निकट शिक्षक संगठनको भेलालाई सम्वोधन गरेका छन् । अहिले उनी मलंगवास्थित कभर्ड हलमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न पुगेका छन् ।
त्यहाँको सभा सकेर प्रचण्डसहितका नेताहरु हुलाकी सडक हुँदै कौडेना, गोडैता, बलरा, धनकौलहुँदै रौतहटतर्फ लाग्ने छन् ।