logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी वितरण केन्द्र अन्तर्गतको विभिन्न भेगमा ८ घण्टा बत्ती काटिने


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी, ०७ फागुन – नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र अन्तर्गतको विभिन्न क्षेत्रमा आज ८ घण्टा बत्ती काटिने भएको छ ।

नवलपुरदेखि हरिपुर सवस्टेशनसम्म जाने ३३ केभी प्रशारण लाइनमा पोल सार्नुपर्ने भएकाले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बत्ती काटिने भएको हो ।

लालबन्दी वितरण केन्द्र अन्तर्गतका हरिपुरबाट संचालित ईश्वरपुर, बयलवास, पचगछिया, पर्नवास, हरिपुर र बरहथवा फिडर सट डाउन हुने प्राधिकरणले सूचना निकालेर जानकारी दिएको छ ।