मलंगवा, ०६ फागुन – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईलाई पठाइएको छ ।
यहाँका डिएसपी दीपक श्रेष्ठ एसपीमा बढुवा भएर गएसँगै जिल्ला प्रहरी कार्यालय सर्लाही २ सातादेखि डीएसपीविहीन रहेको थियो । प्रहरी प्रधान कार्यालयले गएसाँझ १२३ जना डीएसपीको सरुवा निकाल्दा भर्खरै इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका राईलाई सर्लाही पठाइएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय उजुुरी छानविन तथा मानव अधिकार शाखा रानिपोखरीमा कार्यरत राई केही दिनमै यहाँ आउने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
राई जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी समेत रहने छन् ।