घुर्कौली, ०३ फागुन – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित चेतना सन्देश नेपालको आज २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा घुर्कौलीस्थित द्वन्द्व पीडित बालगृहमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा हरिपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जमिरुद्धिन मन्सुर, हरिवन ५ का वडाध्यक्ष नागेन्द्रकुमार साह, अन्य जनप्रतिनिधि, पार्टी प्रतिनिधि, समाजसेवी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
चेतना सन्देश नेपालले द्वन्द्व पीडित बालबालिकाको पालनपोषण गर्दै आएको छ ।