logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्वोच्चको आदेशविपरीत सर्लाहीका ३ पालिकामा सार्वजनिक बिदा 


  • उज्यालो अभियान

बागमती, ०१ फागुन – सर्वोच्च अदालतको आदेशविपरीत सर्लाहीका तीनवटा पालिकाले ‘जनयुद्ध दिवस’ को अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सो आदेशविपरीत माओवादी केन्द्रले गत निर्वाचनमा जितेका बलरा नगरपालिका, बागमती नगरपालिका र रामनगर गाउँपालिकाले आज आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएका हुन् ।

बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जनयुद्धको स्मरण र महान शहीदप्रति उच्च सम्मान गर्दै पालिकाभित्रका सबै कार्यालय र विद्यालयमा बिदा दिइएको जानकारी दिए । बलरा नगरपालिकाका प्रमुख कुशवाहा र उपप्रमुख कोशिला देवीले हस्ताक्षर गरी सूचना नै जारी गरेर सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।

रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले माओवादी केन्द्रले जितेका अन्य पालिकामा बिदा दिएकाले आफूहरुले पनि बिदा दिइएको उज्यालो अभियानसँग बताए । नगरप्रमुख, उपप्रमुखसहित बहुमत जनप्रतिनिधि निर्वाचित बागमती नगरपालिकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि परिवर्तन शुुभारम्भ भएको दिन भएकाले ‘जनयुद्ध दिवस’ दिवसमा बिदा दिइएको जनाएको छ ।

बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले सहीदको सम्मानस्वरुप सार्बजनिक बिदाको घोषणा गरिएको जानकारी दिए । कार्यवाहक नगरप्रमुख लामाले सर्वोच्चको आदेश आउनुुअगाबै अन्य पालिकाका जनप्रतिनिधि र पार्टीका नेतासँग सरसल्लाह गरी बिदा दिइएको उज्यालो अभियानसँग बताए । उनका अनुसार ‘जनयुद्ध दिवस’ का अवसरमा पारेर आज बिहान नगरपालिका कार्यालय परिसरमा सरसफाई गरिएको छ ।

माओवादी केन्द्रकै नगरप्रमुख रहेको जिल्लाको हरिवन नगरपालिकाले भने बिदा दिइएन । माओवादीको एक्लो जनप्रतिनिधिको रुपमा रहेका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले बिदाबारे छलफल नै नभएको बताए

। दिवसका अवसरमा आज माओवादी केन्द्रको विभिन्न नगर तथा गाउँ कमिटीले अन्तरक्रिया तथा दीप प्रज्वलनको कार्यक्रम आयोजना गरेका छन् ।