चन्द्रनगर, ३० माघ – शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्मजयन्ती आज सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मनाइएको छ ।
शंत शिरोमनि रविदासले विभेदमुक्त पूर्ण समानतामा अधारित समाजको परिकल्पना गर्ने बहुजनको गौरव रहनुुभएको थियो । शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको उपलक्ष्यमा चन्द्रनगर गाउँपालिकामा शोभा यात्रा निकाली नाढीमन तालमा समारोहको आयोजना गरिएको हो ।
समारोहको अध्यक्षता चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतो, प्रमुख अतिथि दलित बहुजनको नेता राजाराम पासवान तथा अतिथिमा बासुदेव महरा, विल्टु पासवान, रामकेवल राम, झगरु राम, रंजित राम, दिपेन्द्र राम, सहदेव राम, राम नरेश महरा लगायत वडा सदस्य, दलित अधिकारकर्मीहरुको व्यतिmहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि राजाराम पासवानले दलित बहुजनको गुरु परमज्ञानी शंत शिरोमनि रविदास महराजको वाणी सुनाउदै समाजमा एकता, समानता, जातिवादको अन्तय र सबैले ज्ञान प्राप्त गर्नको लागि गुरु रविदासले संघर्ष गरेको बताए । रविदासको आश्रम र जन्म जयन्तीको दिन स्थानीय सरकारले विदा दिनुपर्ने मन्तब्य राखेका थिए ।
गाउँपालिका अध्यक्ष राज कुमार महतोले शंत रविदासले चाहेको समनता, विभेदमुक्त समाज र उनको ज्ञानको चर्चा समाजमा गर्नको लागि नै शंत शिरोमणि रविदास महराजको जन्म ज्यन्ती मनाउन सरकारी स्तरबाट पहल गरेको बताए ।
विगत २ बर्ष देखि नै जन्मजयन्ती मनाइँदै आएको छ । शंत शिरोमणि रविदासको आश्रम छिटै बनाउने बाचा गर्दै गाउँपालिका अध्यक्ष महतोले शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको उपलक्ष्यमा ज्ञान प्राप्ति, सुख, शान्ति, समृद्धिको कामना गरेका छन् ।