कर्मैया, ३० माघ – सर्लाहीको बागमती नगरपालिकाले जनयुद्ध दिवसका अवसरमा भोली नगरभित्र सार्वजनिक बिदा दिएको छ ।
कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले आज सूचना जारी गरी भोली फागुन १ गते नगरभर सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । लामाले हस्ताक्षर गरी जारी गरेको सार्वजनिक बिदाको सूचनामा संघीय लोतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको लागि परिवर्तन शुुभारम्भ भएको दिन फागुन १ गतेलाई जनयुद्ध दिवसलाई उत्सवका रुपमा मनाउन बिदा दिइएको उल्लेख गरिएको छ । बागमती नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षसहित बहुमत सदस्य नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।
बागमतीमा भोली नगरपालिका, वडा कार्यालय, विद्यालयलगायत नगरपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय बन्द रहने छन् ।