logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको दक्षिणी बेल्टमा बाक्लो हुस्सु, उत्तरी भेगमा पारिलो घाम


  • उज्यालो अभियान

कविलासी नगरपालिकास्थित सलेमपुर चोक क्षेत्रको दृश्य ।

मलंगवा, २९ माघ – सर्लाहीको दक्षिणी भेगमा आज बिहानैदेखि बाक्लो हमात्रामा हुस्सु लागेर चिसो महशुस गरिएको छ ।

जिल्ला सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टका ब्रम्हपुरी, हरिपूर्वा, पर्सा, कौडेना, बरहथवा, बलरा, धनकौललगायत क्षेत्रमा आज फेरि बाक्लो हुस्सु लागेर चिसो भइरहेको स्थानीयले बताएका छन् । बाक्लो हुस्सुका कारण सवारी संचालनदेखि अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेलाई समस्या पारेको छ ।

जिल्लाको उत्तरी भेगमा भने पारिलो घाम लागिरहेको छ । चुरेक्षेत्र, पूर्व पश्चिम राजमार्गको फूलजोर, रानीगन्ज, लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बागमती क्षेत्रमा बिहानैदेखि पारिलो घाम लागिरहेको हो ।