लालबन्दी, २६माघ – लालबन्दीस्थित जनज्योति बहुुमुखी क्याम्पसको बी आई सि टी ई पहिलो सेमेस्टरका विद्यार्थीको स्वागत तथा नवौं सेमेस्टरका विद्यार्थीको बिदाई कार्यक्रम आज सम्पन्न भएको छ ।
क्याम्पसले बी आई सिटी ई तर्फ नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत र पढाई पूरा गरेका विद्यार्थीलाई बिदाई गरेको हो । क्याम्पस प्रमुख वीरेन्द्र चौधरीको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीको प्रमुख आतिथ्यतामा स्वागत तथा बिदाई कार्यक्रम एकसाथ सम्पन्न भएको नेविसंघ क्याम्पस इकाइ समितिका कार्यवाहक सभापति विवेक बनियाले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष कमलप्रसाद पौडेल, क्याम्पसका उपप्रध्यापकहरु, कर्मचारी, स्ववियु सभापति अभिमन्यु चौधरीलगायतको उपस्थिति रहेको थियो ।