logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

माओवादी केन्द्र सर्लाहीका नेताले भेटे प्रचण्ड


  • उज्यालो अभियान

बागमती, २४ माघ – नेकपा माओवादी केन्द्र सर्लाहीका नेताले आज पार्टीका केन्द्रीय अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुुगेर माओवादीका जिल्ला नेताहरुले अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । पार्टीका नेता एवं बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित अन्य जनप्रतिनिधिविरुद्ध वन मुद्दा दायर गरेर फसाउने षडयन्त्र भएको भन्दै माओवादीका नेता अध्यक्ष प्रचण्डलाई भेट्न काठमाडौं पुुगेका हुन् ।

भेटमा नेताहरुले यहाँको अवस्थाबारे अवगत गराएका छन् । प्रचण्डलाई भेट्न सर्लाहीबाट प्रतिनिधित्व गर्ने माओादीका नेता प्रल्हाद बुुढाथोकी, सावित्रा बुढाथोकी, अच्यूतम काफ्ले, जवाहारलाल कुशवाह, राजकुमार यादव, देवानन्द महतो, अर्जुन पन्तलगायत काठमाडौं पुुगेका हुन् ।

यसैबिच, ‘प्रचण्ड’ ले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई सरकारले मुद्दा, मामिलाको डर देखाएर एमालेमा प्रवेश गर्न दवाव दिएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने क्रममा उनले हाल निलम्बित अवस्थामा रहेका मेयर थापाको नाम नलिइ उनलाई मुद्दा मामिलाको डर देखाएर सत्ताधारी दल एमालेले धम्क्याउने र तर्साउने काम गरिरहेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बैठक राखेर मेयर थापासहितका जनप्रतिनिधिलाई वन र भ्रष्टाचार मुद्दामा फसाउने प्रयास भइरहेको प्रचण्डको भनाई छ ।