logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कविलासीको तालाबन्दी खुल्यो, कर्मचारी नियमित काममा फर्किए


  • उज्यालो अभियान

कविलासी, २४ माघ – सर्लाहीको कविलासी नगरपालिकामा कर्मचारीले गरेको तालाबन्दी आज दिउँसोबाट खुलेको छ ।

तह वृद्धिको माग राख्दै कर्मचारीले हिजोदेखि नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेर धर्ना सुरु गरेका थिए । आज दोस्रो दिन मध्यान्ह १२ बजेसम्म धर्नामा बसेपछि नगरप्रमुख ब्रम्हदेव रायले तह वृद्धिको सम्वन्धमा आगामी सोमबार कार्यपालिकाको बैठक राखेर छलफल गर्ने प्रतिवद्धतता जनाएपछि कर्मचारीले अनिश्चितकालिन तालाबन्दीको कार्यक्रम स्थगित गरेका छन् ।

माग सम्वोधन हुने आशमा आन्दोलन स्थगित गरी नियमित काममा फर्किएको नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक सहायक रामवचन रायले जानकारी दिए । अन्य पालिकामा एक महिनाअघि नै स्थानीय तह अन्तर्गतका कर्मचारीको तह वृद्धि भइसके पनि कविलासीमा भने आलटाल गरिएको कर्मचारीको गुनासो छ ।