logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अन्तरजातिय विवाह गरेका जोडीलाई छुटाउने प्रयास भएको भन्दै प्रदर्शन


  • उज्यालो अभियान

लालबन्दी, २४ माघ – अन्तरजातिय विवाह गरेका सर्लाहीको बरहथवाका सत्यन्द्र राम (चमार) र नेहा रौनियारलाई छुुटाउने प्रयास भइरहेको भन्दै आज साँझ लालबन्दीमा प्रदर्शन भएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चाको आयोजनामा लालबन्दीस्थित मुख्य चोकमा साँझ सभा गरेर विरोध जनाइएको हो । संक्षिप्त सभालाई सम्वोधन गर्दै शारदा विश्वकर्मा, जीवन साशंकरलगायतले राज्यले संरक्षण गर्नुपर्नेमा उल्टै सरकारका गृहमन्त्री र प्रहरीका अधिकारी लागेर अन्तरजातिय वैवाहिक जोडी सत्यन्द्र र नेहालाई छुटाउन लागिपरेको भन्दै विरोध जनाएका हुन् ।

प्रदर्शनमा सहभागीले जातिवादी गृहमन्त्री राजिनामा गर, जात व्यवस्था मुर्दावाद, राज्य शक्तिको दुरुपयोग बन्द गर जस्ता नारा लगाएका थिए ।