logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

खोलामा लुकाइ राखिएको ११० केजी गाँजा बरामद


  • उज्यालो अभियान

लालबन्दी, २१ माघ – सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, कालिन्जोर खोलाबाट प्रहरीले ठूलो परिमाणमा लागुुऔषध गाँजा बरामद गरेको छ ।

लागुुऔषध गाँजाको ओसारपसार भइरहेको सूचना पाएर खटिएको प्रहरी टोलीले गएराति कालिन्जोर खोलाको काँसघारीमा लुुकाइ राखिएको ११० केजी गाँजा बरामद गरेको हो । प्लाष्टिकभित्र प्याक गरेर अन्यत्र निकासी गर्न तयार पारिएको २२ पोका गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी दिए । उनका अनुसार प्रत्येक पोकामा पाँच/पाँच केजीको दरले ११० केजी गाँजा बरामद गरेर कार्यालयमा ल्याइएको छ ।

गाँजा कस्ले राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाठकले बताए । लागुुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीवास, इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी परवानीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

उक्त गाँजा सर्लाहीको चुरेभेगका विकट गाउँ तथा सिन्धुलीको मरिण क्षेत्रमा उत्पादन गरेर भारततर्फ लैजान लागिएको हुनेसक्ने आशङ्का गरिएको छ ।