मलंगवा, २१ माघ – आज बिहानपख एक्कासी कुहिरीमण्डल भएर लागेको हुस्सु हटेर दिउँसोबाट सर्लाहीको मौसम उघ्रिएको छ ।

यहाँ बिहान सबेरै पातलो मात्रामा हुस्सु लागेकोमा बिहान ८ बजेपछि एक्कासी कुहिरीमण्डल भएर हुस्सु लागेको थियो । दिउँसोबाट भने बाक्लो हुस्सु हटेर मधुरो घाम लागिरहेको हो ।
चुरेभेग, पूर्व पश्चिम राजमार्ग क्षेत्र तथा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा पनि हुस्सु कम भएर घाम देखा परेको छ ।