logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भव्यताका साथ सकियो ल्होछार साँस्कृतिक कार्यक्रम


  • उज्यालो अभियान

बागमती, १९ माघ – तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा सर्लाहीको बागमतीस्थित बागमती माछा पोखरी (भरत ताल) मा आयोजित साँस्कृतिक कार्यक्रममा सर्वसाधारणले भव्य उपस्थिति जनाएका छन् ।

हिजो दिउँसोबाट सुरु भएको साँस्कृतिक कार्यक्रम राति अबेर सकिएको आयोजकले जनाएको छ । मन्जुश्री सम्वत् २८६१ डुल/सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा शुुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम–२०८१ को अवसरमा भव्य साँस्कृतिक कार्यक्रम गरिएको हो । विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको प्रस्तुति रहेको कार्यक्रममा ठूलो संख्यामा दर्शक उपस्थित भएका आयोजक समितिका संयोजक रोशन लामाले जानकारी दिए ।

कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती नगर समितिका अध्यक्ष जय बहादुर गोलेको अध्यक्षता तथा समाजसेवी नरेन्द्र साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त ल्होछार साँस्कृतिक कार्यक्रममा प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहा, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा (निलम्बित), उपप्रमुख लीलाकुमारी मोक्तान (निलम्बित), सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तान (प्रख्यात), तामाङ समुदायका अगुवा, विभिन्न वडाका वडाध्यक्ष तथा अन्य अतिथिको उपस्थिति रहेको थियो ।

यस्तै, सोनाम ल्होछारको अवसरमा हरिवन नगरपालिका ५ घुर्कौलीमा आयोजित प्रथम घुर्कौली साँस्कृतिक महोत्सव पनि गएरातिबाट सम्पन्न भएको छ ।