logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सानोजगतपुरमा पहिलो पटक मनाइयो सोनाम ल्होछार


  • उज्यालो अभियान

हरिपुर, १८ माघ – हरिपुर नगरपालिका–२, सानोजगतपुरमा तामाङ समुदायको राष्ट्रिय पर्व सोनामा ल्होछार पहिलो पटक शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।

स्थानीय कुन्साङ्ग छोईलिङ्ग गुम्बाका अध्यक्ष पूर्णबहादुर घिसिङ्गको अध्यक्षता तथा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यतामा हरिपुरका तामाङ समुदायले हर्षोउल्लासपूर्वक सोनाम ल्होछार पर्व मनाएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य प्रल्हादकुमार बुढाथोकी, माओवादीकै नगर कमिटी अध्यक्ष सुनिल बुढाथोकी, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापालगायतको विशिष्ठ आतिथ्यता रहेको थियो ।

स्थानीय तामाङ समुदाय आफैले आयोजना गरेको सोनाम ल्होछारको कार्यक्रममा उपस्थित हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले आगामी वर्षदेखि सोनाम ल्होछार मनाउन वडा कार्यालयले नै आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।