हरिवन, १७ माघ – राष्ट्रिय भूमि अधिकार मन्च नेपाल सर्लाहीले भूमिहिन सुकुुम्वासीलाई हाल बसोवास गरिरहेकै स्थानमा बसोवास गर्न दिन माग गरेको छ ।
मन्चकी जिल्ला अध्यक्ष भवानी घिमिरेले गएसाँझ प्रेस विज्ञप्ती प्रकाशित गरी भूमिहिन एवं अव्यवस्थित बसोवासीले वर्षौदेखि आवाद् कमोत् गर्दै आएका जग्गामा नै स्थायी बसोवास गराउन माग गरेकी हुन् । पछिल्लो समय सरकारले चालेको कदमबाट सर्लाहीको बागमती नगरपालिकाको विभिन्न क्षेत्रमा लामो समयदेखि बसोवास र जोतखन गर्दै आएका भूमिहिन सुकुम्वासीलाई हटाउँछकी भन्ने भय सिर्जना भएको भूमी अधिकार मन्चले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
एकातर्फ सरकारले भूमि सम्वन्धी अध्यादेश ल्याउने र भूमि समस्या समाधान आयोग गठन गरेर भूमिहिन सुकुम्वासीको हितमा काम गरेको जस्तो गर्ने र अर्कोतर्फ भूमिहिन सुकुम्वासीको सवालमा जिल्लामा पत्राचार गरेर वन मासेको भन्दै अनुसन्धान अघि बढाउने कुराले त्रास सिर्जना भएको भन्दै यसतर्फ ध्यानाकर्षण गराएको मन्चकी जिल्ला अध्यक्ष घिमिरेले उल्लेख गरेकी छन् ।
मन्चले सरकारले गठन गरेको भूमि समस्या सामधान आयोगले छिटो काम गर्ने वातावरण बनाइ भूमिहिन एवं अव्यवस्थित बसोवासीको जग्गा दर्ता एवं जग्गा व्यवस्थापनको काम यथाशक्य अघि बढाउन र स्थानीय तहले भूूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको लगत संकलन, प्रमाणीकरण र जग्गा नापचाँजको कार्य यथाशक्य अघि बढाउन माग गरेको छ ।
