logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज पुनः बाक्लो हुस्सु र शीतलहर, जनजीवन प्रभावित


  • उज्यालो अभियान

लालबन्दी, १५ माघ – सर्लाहीमा आज पुनः बाक्लो हुस्सु लागेर अत्यधिक चिसो बढेको छ ।

बाक्लो हुस्सुका कारण नजिकैको दृश्य देख्न समेत मुस्किल पर्ने स्थिति छ । बाक्लो हुस्सु लागेर शीतलहर चल्दा मानिस चिसोले प्रभावित बनेका छन् ।

अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेलाई बाक्लो हुस्सु र शीतलहरले प्रभावित बनेका हुन् । सर्लाहीमा यसअघि हिजो र अस्ती शितलहर र बाक्लो हुस्सु कम भएर मध्यान्हपख घाम लाग्दा जनजीवन केही सहज बनेको थियो । तर आज फेरि मौसम खराब बनेको छ ।

यो मौसममा सकेसम्म घरभित्रै बस्न चिकित्सकको सुझाव छ । बाक्लो हुस्सु र शीतलहरले गर्दा विद्यालय जाने बालबालिका, कर्मचारी र नियमित काममा निस्कनुपर्ने मजदुर तथा किसान समेत प्रभावित बनेका छन् ।

अत्यधिक बाक्लो हुस्सु लागेर भिजिबिलिट कम हुँदा अहिले बिहान सर्लाहीको पूर्व पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारी साधनहरु बत्ती बालेर कम गतिमा गुडिरहेका छन् ।