logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नाबालकको आवास निर्माणमा समाजसेवी थोकरको सहयोग


  • उज्यालो अभियान

परवानिपुर, १५ माघ – लालबन्दी नगरपालिका–१५, चिसापानीमा बुुवा गुमाएका नाबालकको घर निर्माणका लागि समाजसेवी उमेश थोकरले सहयोग गरेका छन् ।

लालबन्दी नगरपालिका १२ लालभित्ती निवासी थोकरले चिसापानीका स्वर्गिय भोजबहादुर वाइबाको नाबालक छोराको निर्माणाधीन घरका लागि ५२ हजार रुपैँया बराबरको झ्याल, ढोका सहयोग गरेका हुन् । आर्थिक अभावका कारण नाबालकको घरमा झ्याल, ढोका नै हाल्न नसकेको गुनासो आएपछि आफूले यस प्रकारको सहयोग गरेको थोकरले बताए ।

थोकरको सहयोगपछि स्वर्गिय भोजबहादुरको घरमा झ्याल, ढोका हाल्ने काम भइसकेको छ ।