logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शीतलहर कम हुँदै गएपछि चिसो घट्यो


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १४ माघ – सर्लाहीमा शीतलहर कम हुँदै गएपछि चिसो पनि घट्न थालेको छ ।

यहाँ हिजोबाट घाम देखा पर्न थालेको छ । जिल्लाको उत्तरी भेगमा आज पनि बिहानैदेखि हुस्सुुकै बिच घाम लाग्न थालिसकेको छ भने दक्षिणी भेगमा अहिले डम्म हुस्सु लागिरहेको स्थानीयले बताएका छन् ।

दक्षिणी भेगका ढिलो गरी मौसम उघ्रने गरेको छ । सदरमुकाम मलंगवासहित तल्लो भेगमा हिजो दिउँसोपख मात्रै हुस्सु हटेर घाम लागेको थियो । यहाँ हिजोबाट घाम देखा पर्न थालेपछि स्थानीयले चिसो कम भएको महशुस गर्न थालेका छन् ।

लगातारको तुसारो हटेर घाम लाग्न थालेपछि मानिस सहजरुपमा आफ्नो नियमित काममा फर्किन थालेका छन् । चिसो कम भई घाम लाग्न थालेपछि चिसोले कठ्यांग्रिएका अतिविपन्न परिवारका मानिसलाई राहत मिलेको छ ।