फाइल तस्बीर ।
लालबन्दी, १३ फागुन – सर्लाहीको उत्तरी भेगमा हुस्सुकै बिच घाम देखा पर्न थालेको छ ।
लालबन्दी, हरिवन, बागमतीलगायत पूर्व पश्चिम राजमार्ग क्षेत्रमा हुस्सुसँगै घाम देखा परेको हो । आज तुलनात्मक रुपमा हुस्सु र शितलहर कम रहेको छ ।
उत्तरी चुरेभेगमा पनि हुस्सु हटेर घाम लाग्न थालिसकेको स्थानीयले जानकारी दिएका छन् । तर सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने बाक्लो हुस्सु यथावत् नै छ । जति दक्षिण गयो उति नै बढी मात्रामा हुस्सु लागेको देख्न सकिन्छ ।
सर्लाहीसहित तराई मधेश क्षेत्रमा करिव एक हप्तादेखि पारिलो घाम लाग्न सकेको छैन् । सर्लाहीमा हिजो र अस्ती दिउँसोपख केहीबेर घाम लागेको थियो ।
निरन्तरको चिसोले प्रभावित बनेका यहाँका स्थानीय पारिलो घामको प्रतिक्षामा बसेका छन् ।
बाक्लो हुस्सु र शितलहरका कारण बढ्दो चिसोले मानिससँगै बालीनाली र पशुचौपाय समेत प्रभावित बनिरहेका छन् ।