लालबन्दी, १२ माघ – नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको आज १७ औँ उपशाखा सभा सम्पन्न भएको छ ।
उपशाखा सभापति ध्रुवप्रसाद घिमिरेको अध्यक्षता तथा प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा लालबन्दी ५ स्थित जरुवापानीमा उपशाखा सभा सम्पन्न भएको हो । सभामा उपशाखालाई २५ हजार रुपैयाँ भन्दा माथि आर्थिक सहयोग गर्ने रामबहादुर कार्की, तीर्थरमण खतिवडा, निलहरि थापा र महेश मैनालीलाई सम्मान गरिएको छ ।
यस्तै लालबन्दी ७ निवासी रेडक्रस उपशाखाका ज्येष्ठ सदस्य मुक्तिप्रसाद कोइरालालाई समेत सम्मान गरिएको कार्यक्रम संचालक भरतप्रसाद गौतमले जानकारी दिए । सभामा उपशाखा सभापति घिमिरे, प्रदेश सभा सदस्य लुंगेलीसहित पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, समाजसेवी लोकबहादुर कार्की, स्वास्थ्यकर्मी पाण्डवराज बराल, लालबन्दी ९ का वडा सदस्य विनोद तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरे ।
लालबन्दी रेडक्रसको अहिले जरुवा पानीमा सुविधासम्पन्न भवन निर्माण गरी सोही भवनबाट आँखा उपचार केन्द्र समेत संचालनमा रहेको छ ।